नेपाल राष्ट्र बैंकको मौद्रिक नीति आज दिउँसो ४ बजे गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्नेछन्।गभर्नर अधिकारीले आज बिहान सवा ८ बजे सञ्चालक समितिको बैठक डाकेका थिए। बैठकले अहिले पनि जारी छ।
मौद्रिक नीति पारित गरेसँगै आज दिउँसो सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको राष्ट्र बैंकका एक अधिकारीले बताए।
मौद्रिक नीतिका विषयमा गभर्नर अधिकारीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ब्रिफिङ गरेका थिए। गभर्नर अधिकारीले हालको परिस्थितिमा कसिलो नीति लिनुपर्ने बताउँदै आएका छन्।

Online Arthik










