ङादी ग्रुप पावर लिमिटेडले आफ्नो स्थगित छैटौँ वार्षिक साधारणसभा पुनः डोकेको छ।
कम्पनी सञ्चालक समितिको गत जेठ २७ गतेसम्म बैठकले वार्षिक साधारणसभा यही असार १० गते काठमाण्डौको अनामनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो।
कोरोनाभाइरस संक्रमणको महामारीबाट जोगिनका लागि सभामा उपस्थित हुने क्रममा पन्जा, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ। त्यस्तै सभामा कम्तीमा १ मिटरको दूरी कायम गरी सामाजिक दूरीको नियम पालना गर्न पनि कम्पनीले आग्रह गरेको छ।
सभामा गत आर्थिक वर्षका लागि कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत नगद लाभांश (करसहित) पारित हुनेछ। सभाका लागि यसअघि नै चैत १५ गते बुक क्लोज गरिएको थियो। सोहीका कारण चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्। यसअघि कम्पनीको वार्षिक साधारणसभा गत चैत २७ गते गर्ने निर्णय भएको थियो। कोरोना महामारीकै कारण उक्त मितिमा गर्ने भनिएको सभा कम्पनीले स्थगित गरेको थियो।

Online Arthik










