साधना लघुवित्तको सर्वसाधारण शेयर आईपिओ असार २१ गतेदेखि खुल्ला भएको पहिलो दिनमा नै १ लाख ९ हजार जना आवेदकले करिब २८ लाख ४१ हजार कित्ता बराबरको शेयरको लागि आवेदन गरेका छन् ।
गोरखा जिल्लामा केन्द्रिय कार्यालय भई राष्ट्रिय स्तरको लघुवित्त सेवा प्रदान गर्दै आएको यस लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपिओ निष्काशन गरेको हो ।


लघुवित्तले जारी पूँजीको ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्ययाएको छ । जसमध्येमा बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणहरुको लागि जारी गरेको हो ।
उक्त लघुवित्तको आईपिओमा छिटोमा असार २४ गतेसम्म आवेदन गर्न सकिने छ । लघुवित्तको आईपिओमा न्यूूनतम १० कित्ता देखि एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । लघुवित्तको समग्र सुचकहरु उत्कृष्ठ भएको हुँदा लगानीकर्ताहरुको आकर्षण बढेको हो ।

तपाईको प्रतिक्रिया