एभरेष्ट बैंक सहित स्वादेशी लघुवित्त,उन्नती लघुवित्त र श्री इन्भेष्टमेन्ट फाइनान्सको ५० लाख भन्दा बढी बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

एभरेष्ट बैंकको ४० लाख ३३ हजार ४३१.७६ कित्ता, स्वदेशी लघुवित्तको ४ लाख ६० हजार कित्ता, उन्नती लघुवित्तको ३ लाख ४० हजार ७४१.५० कित्ता र श्री इन्भेष्टमेन्टको १ लाख ९० हजार ३५० कित्ता गरी कुल गरी ५० लाख २४ हजार ५२३.१७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

सूचीकृत भएको उक्त शेयर शेयरधनीहरुले आफ्नो हितग्राही खातामा आएपछि दोस्रो बजारबाट खरिद बिक्री गर्न सक्नेछन ।

तपाईको प्रतिक्रिया