एनआरएन लघुवित्त वित्तीय संस्थाको ३९ लाख २८ हजार ८७.७५ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । एनआरएन, किसान र दिव्य लघुवित्त १ः१ः१ अनुपातमा मर्ज भएका थिए । सोही सेयर स्वाप अनुसार कायम भएको सेयर एनआरएन लघुवित्तको नाममा सूचीकृत गरिएको हो ।

एनआरएन, किसान र दिव्य लघुवित्त एक आपसमा मर्ज भएर गत असार २९ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो । यसअघि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नरहेको एनआरएन लघुवित्तले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्तलाई आफूमा समाहित गरेर गत वर्षको भदौदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया