इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ । कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल पत्रकार सम्मेलनका क्रममा कम्पनीका अध्यक्ष दीलिप अग्रवालले यसको जानकारी गराएका हुन् ।

अबको तीन वर्षमा कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने उनले बताए । त्यसको तयारी स्वरुप पहिलो चरणमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइसकेको उनले जनाए ।

२५ वर्षअघि अमेरिकाबाट बोकेर आएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट कम्पनी सुरु भएको थियाे ।

तपाईको प्रतिक्रिया