नेपाल स्टक एक्सचेन्ज (नेप्से) पौने ३.९ लाख कित्ता थपिएको छ।

नेप्सेमा आज नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनस सेयर थपिएको हो। यो कम्पनीको ३ लाख ९० हजार कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ।

नेपाल हाइड्रोले आर्थिक वर्ष २०७६/७७ का लागि कुल १५.७८९५ प्रतिशत लाभांश जारी गरेको थियो। जसमा १५ प्रतिशत बोनस सेयर र बाँँकी ०.७८९५ प्रतिशत नगद (लाभांश प्रयोजनार्थ) रहेका थिए।

सोही १५ प्रतिशतबराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

तपाईको प्रतिक्रिया