स्थानिय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आजपनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको ३ लाख ५ सय रुपैयाँको तुलनामा ४ हजार १ सय रुपैयाँले वृद्धि हो। अघिल्लो दिन पनि सुनको मूल्य ९ हजार ५ सयले बढेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै छ। आज प्रतितोला चाँदीको भाउ ५ हजार २५० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २४० रुपैयाँले बढेको हो।

Online Arthik









