सिटिजन्स बैंक इन्टरनेसनल ले कर्णाली प्रदेशको हुम्ला जिल्ला अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालय का २०५ जना विद्यार्थीलाई ट्र्याकसुट सहयोग प्रदान गरेको छ। २०५२ सालदेखि सञ्चालनमा रहेको उक्त विद्यालयमा आयोजित कार्यक्रममा बैंकको सर्केगाड शाखामार्फत विद्यार्थीहरूलाई ट्र्याकसुट हस्तान्तरण गरिएको हो। बैंकका अनुसार यस सहयोगले विद्यार्थीहरूलाई खेलकुद, व्यायाम तथा दैनिक विद्यालय गतिविधिमा आरामदायी र न्यानो पोशाकको सुविधा उपलब्ध गराउनेछ। सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले शिक्षा, सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ यस्ता सहयोगात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने जनाएको छ।

Online Arthik










