नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ११० रुपैयाँले घटेको छ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँमा झरेको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ३ हजार ९२० रुपैयाँ रहेको थियो।

Online Arthik










