छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ११.९६३१ प्रतिशत बोनस सेयर र १३.०३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको हाल कायम चुक्ता पुँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसा रहेको छ। प्रस्तावित बोनस सेयरअन्तर्गत ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसा बराबरको सेयर वितरण गरिनेछ भने ४७ करोड १५ लाख ८० हजार १२६ रुपैयाँ ८८ पैसा नगद लाभांश वितरण गरिनेछ। नगद लाभांशमा बोनस तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको कम्पनीले जनाएको छ। यसअनुसार कम्पनीले बोनस सेयर र नगद लाभांश गरी कुल ९० करोड ४३ लाख १६ हजार २५ रुपैयाँ ३८ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नियामक निकायको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

Online Arthik










