नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । बोर्डले कात्तिक १७ गते आर्थिक वर्ष २०८३/८४ अन्तर्गत बैंकको हकप्रद सेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो ।

स्वीकृतिअनुसार बैंकले हाल कायम २ कित्ता सेयर बराबर थप १ कित्ता सेयर अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । यसबाट बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ३५ हजार रुपैयाँ पुँजी संकलन गर्नेछ ।हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटलले पाएको छ । सेबोनबाट स्वीकृति प्राप्त भएपछि औपचारिक पत्र प्राप्त भएलगत्तै बैंकले सेयर निष्कासन मिति, बुक क्लोज तथा आवेदन प्रक्रियासम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्नेछ ।

हकप्रद सेयर निष्कासन तथा बाँडफाँटपछि बैंकको चुक्ता पुँजीमा वृद्धि हुनेछ ।

तपाईको प्रतिक्रिया