नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार ह्वात्तै घटेको सुनको मूल्य सोमबार प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ७२० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया