सेयर बजारको सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपाल लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने निर्णय गरेको हो । त्यस्तै, कम्पनीले लाभांश वितरण प्रयोजनका लागि मंसिर ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ ।

शुक्रबार बजार बन्द हुँदा युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता ४८ हजार १ रुपैयाँ कायम भएको थियो ।

तपाईको प्रतिक्रिया