तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कमाएको ५ करोड ६२ लाख ४७ हजार रुपैयाँको तुलनामा करिब १३.२५ प्रतिशतले बढी हो। कम्पनीले असोज मसान्तसम्म ८ करोड ४७ लाख १३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ८ करोड २३ लाख ७ हजार रुपैयाँभन्दा बढी हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६ करोड ९९ लाख ७२ हजार रुपैयाँ र सञ्चालन नाफा ६ करोड ८३ लाख ७१ हजार रुपैयाँ रहेको छ भने वित्तीय खर्च ४६ लाख ७० हजार रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने रिजर्भ तथा सञ्चित कोषमा ९ करोड २५ लाख ५४ हजार रुपैयाँ रहेको छ। कम्पनीको कुल इक्विटी ८९ करोड २५ लाख ५४ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको दीर्घकालीन कर्जा घटेर २६ करोड ३९ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा २९ करोड २९ लाख रुपैयाँ रहेको थियो। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ३१.८५ रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा २८.१२ रुपैयाँ थियो। त्यस्तै, प्रतिसेयर नेटवर्थ १११.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.४१ गुणा र चालु अनुपात २.२२ गुणा रहेको छ।

तपाईको प्रतिक्रिया