अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित खुद मुनाफाबाट सेयरधनीलाई कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँको ५ प्रतिशतका दरले ३१ करोड ८९ लाख ८६ हजार २०९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। त्यस्तै, कम्पनीले कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३२ प्रतिशत अर्थात् १ करोड ६७ लाख ८८ हजार ७४७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार कम्पनीले बोनस सेयर र नगद लाभांश गरी कुल ३३ करोड ५७ लाख ७४ हजार ९५६ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ। सञ्चालक समितिबाट प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित तथा सम्बन्धित नियामक निकायबाट स्वीकृत भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

Online Arthik










