मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई इलेक्ट्रिक ले दक्षिण एसियाबाट ‘आउटस्ट्यान्डिङ बिजनेस पार्टनर’ अवार्ड प्राप्त गरेको छ। भारतको कोची मा सम्पन्न मोटुल इन्डिया एनुअल कन्फ्रेन्स मा उक्त अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा नागेन्द्र पाई, लियोनेल डान्टियाक र खेतान ब्यास ले कम्पनीका कार्यकारी निर्देशक निशान ढकाल लाई अवार्ड हस्तान्तरण गरेका थिए। आईएमई इलेक्ट्रिकको तीव्र व्यावसायिक विस्तार र नेपालमा लुब्रिकेन्ट बजारमा पारेको प्रभावलाई उक्त सम्मानले पुष्टि गरेको जनाइएको छ। मोटुल कमर्सियल भेइकल, कार, मोटरसाइकल, थ्री ह्विलर, ट्रयाक्टर तथा औद्योगिक क्षेत्रमा उच्च प्रदर्शनयुक्त लुब्रिकेन्ट उपलब्ध गराउने क्षेत्रमा विशेषज्ञ मानिन्छ।

Online Arthik










