पियोर इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेख्य नाफा वृद्धि हासिल गरेको छ। यस अवधिमा कम्पनीले ९२ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २४ लाख ८ हजार रुपैयाँको तुलनामा २८३.२२ प्रतिशतले बढी हो। आम्दानीमा सामान्य गिरावट देखिए पनि खर्च व्यवस्थापनमा सुधार हुँदा कम्पनीको नाफामा उल्लेख्य उछाल आएको हो। चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी ११ करोड ६१ लाख रुपैयाँ रहेको छ भने अघिल्लो आवको यही अवधिमा १२ करोड ७ लाख रुपैयाँ आम्दानी भएको थियो। तर खर्च पक्षमा कम्पनीले उल्लेख्य नियन्त्रण गरेको देखिन्छ, अघिल्लो आवमा ११ करोड ८३ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवमा खर्च घटाएर १० करोड ६६ लाख रुपैयाँमा सीमित गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ६ करोड ४ लाख रुपैयाँ र कुल चालु दायित्व १३ करोड २१ लाख रुपैयाँ रहेको छ। साथै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.६३ रुपैयाँ र तरलता अनुपात ०.४६ कायम भएको छ।

Online Arthik









