आम्दानीमा आएको गिरावटका कारण हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा र प्रतिसेयर आम्दानी दबाबमा परेको छ। समीक्षा अवधिसम्म कम्पनीले ४० करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९८ प्रतिशतले कम हो, जबकि गत वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको कुल आम्दानी ५६ करोड ८८ हजार रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २८.२३ प्रतिशतले घटेको हो, गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म भने कम्पनीको कुल आम्दानी ७८ करोड ४ लाख रुपैयाँ रहेको थियो। आम्दानी घटे पनि कम्पनीले खर्च नियन्त्रणमा सुधार देखाएको छ, जसअन्तर्गत वित्त खर्च, कर्मचारी सुविधा खर्च तथा सञ्चालन तथा प्रशासनिक खर्चमा कमी आएको छ। समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १६ अर्ब ८७ करोड रुपैयाँ र कुल चालु दायित्व २० करोड ३१ लाख रुपैयाँ रहेको छ भने अघिल्लो आवको ३ अर्ब ४७ करोड रुपैयाँ रहेको रिजर्भ घटेर २ अर्ब ९९ करोड रुपैयाँमा सीमित बनेको छ। यससँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो आवको ४.२५ रुपैयाँबाट घटेर ३.२३ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ ११२.०२ रुपैयाँ, पीई अनुपात ७९.०८ गुणा र तरलता अनुपात २७.०७ प्रतिशत कायम भएको छ।

Online Arthik









