भुजुङ हाईड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँड गरिएको हो। कम्पनीले सर्वसाधारणका लागि गत माघ १२ गतेदेखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। कुमारी क्यापिटलका अनुसार आईपीओमा कुल २५ लाख ७९ हजार ९२० आवेदकबाट २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। यसमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन सदर र ४० हजार २८ आवेदन बदर भएका छन्, जसअनुसार कुल सदर आवेदकबाट २ करोड ७९ लाख ६७ हजार ८५० कित्ता सेयरका लागि आवेदन परेको थियो। कुल सदर आवेदकमध्ये ८३ हजार जनालाई १० कित्ताका दरले कुल ८ लाख ३० हजार कित्ता सेयर बाँडफाँड गरिएको छ भने बाँकी २४ लाख ५६ हजार ८९२ सदर आवेदकको हात रित्तो भएको छ। आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ।

तपाईको प्रतिक्रिया