निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउन निर्देशन दिएको छ। मंगलबार आयोगले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र पेस गर्नुपर्ने व्यवस्था रहेको भन्दै सोहीअनुसार कार्य गर्न निर्देशन दिएको हो।

आचारसंहिताको दफा ३७ अनुसार राजनीतिक दल वा उम्मेदवारले आफ्नो घोषणापत्र सार्वजनिक गरी निर्वाचन प्रचार गर्नुपर्ने व्यवस्था छ। दफा ३७ को उपदफा २ (१) मा राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र पेस गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया