सानिगाड हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन खुला गरेको थियो र आज (चैत ११) सम्म मात्र आवेदन दिन सकिनेछ। कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। जसमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ५ लाख ७० हजार कित्ता सेयर (प्रतिसेयर १०० रुपैयाँ) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो। उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल  रहेको छ, र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखाबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया