कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकको खुद नाफा १६.९९ प्रतिशत बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४३ प्रतिशत बढेर ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको असोज मसान्तसम्म बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११ करोड २ लाख ३६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ र सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको छ । यसका आधारमा बैंकको लाभांश क्षमता १५.७६ प्रतिशत छ । बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ र जगेडा कोषमा २ अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

गत असोज मसान्तसम्म बैंकले ६७ अर्ब ९० करोड ४७ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २० करोड ३८ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । यसअनुसार बैंकको निक्षेप २.६० प्रतिशत र कर्जा लगानी ३.९५ प्रतिशत बढेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसाबाट बढेर २३ रुपैयाँ १३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात २०.५८ गुणा रहेको छ ।

यसैगरी, समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) घटाएको छ । गत आर्थिक वर्षको असोजमा ४.४१ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोज मसान्तमा घटेर ३.९३ प्रतिशतमा झरेको छ । खराब कर्जामा आएको सुधारसँगै बैंकको इम्पेरिमेन्ट चार्जसमेत घटेको छ । गत वर्षको पहिलो त्रैमासमा ११ करोड ६ लाख रुपैयाँ रहेको यस्तो चार्ज चालु आवको सोही अवधिमा घटेर ४ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ ।

तपाईको प्रतिक्रिया