बलेफी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते काठमाण्डौको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।साधारण सभामा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ।
यसका साथै आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित सोही अवधिको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।त्यसैगरी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा सञ्चालक समितिको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव समेत सभामा पारित गरिनेछ।

Online Arthik










