स्थानिय बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। अघिल्लो दिन हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला २० हजार ५ सय रुपैयाँले घट्दै ३ लाख १८ हजार ८ सय रुपैयाँमा सीमित भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। डलर बलियो बन्दै गएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको प्रभाव नेपाली बजारमा समेत देखिएको हो।

यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला ७ हजार ५०५ रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको चाँदी आज ४४० रुपैयाँले घटेर प्रतितोला ७ हजार ६५ रुपैयाँमा झरेको छ।

तपाईको प्रतिक्रिया