नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ रहेको थियो। बिहीबार मात्रै सुनको मूल्य ९ हजार ५ सय रुपैयाँले घटेको थियो।

लगातार दुई दिन सुनको मूल्यमा आएको गिरावटले बजारमा चासो बढाएको छ भने आगामी दिनमा मूल्यको उतारचढावप्रति उपभोक्ता तथा व्यवसायी दुवैको ध्यान केन्द्रित भएको छ।

तपाईको प्रतिक्रिया