विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नयाँ वर्ष २०८३ को अवसरमा नेपाली ग्राहकहरूका लागि ‘नयाँ वर्षको सुरुवात, टीसीएल खुशीको सौगात’ नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ।

यस योजनाको उद्देश्य ग्राहकहरूलाई अत्याधुनिक प्रविधियुक्त होम अप्लायन्स र टेलिभिजन खरिदमा विशेष लाभ र उत्साह प्रदान गर्नु हो। योजना अनुसार ग्राहकहरूले टीसीएलका विभिन्न उत्पादन खरिद गर्दा २,००,०८३ रुपैयाँसम्मको आकर्षक क्यासब्याक र हरेक खरिदमा तत्काल प्राप्त हुने ‘स्योर सट’ उपहारहरू पाउनेछन्।यस अफरमा नेपालकै सबैभन्दा ठूलो क्युडी–मिनी एलईडी टिभी, अत्याधुनिक रेफ्रिजेरेटर, वाशिङ मेसिन, स्प्लिट तथा क्यासेट एयर कन्डिसनर, भीआरएफ सिस्टम र साउन्ड सिस्टम जस्ता उपकरणहरू समावेश छन्।ग्राहक सुविधाका लागि वाशिङ मेसिन खरिदमा ६ केजी एरियल डिटर्जेन्ट उपहार र एयर कन्डिसनर खरिदमा निःशुल्क जडानको व्यवस्था गरिएको छ।साथै, सीजी एलेक्समार्फत ‘नागरिकता भए पुग्छ’ भन्ने सरल प्रक्रियामा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पनि उपलब्ध छ, जसले खरिद प्रक्रियालाई अझ सहज बनाउँछ। टीसीएल विश्वव्यापी रूपमा गुणस्तर प्रमाणित ‘ग्लोबल टप १’ ब्रान्ड हो र अन्तर्राष्ट्रिय ओलम्पिकको पनि साझेदार रहेको छ। नेपालमा यी अफरहरू सीजी इलेक्ट्रोनिक्समार्फत देशभरका आधिकारिक शोरुम तथा डिलरहरूमा सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ।

नयाँ वर्षलाई थप स्मार्ट, सहज र आधुनिक बनाउन चाहने ग्राहकहरूका लागि यो योजना उत्कृष्ट अवसर सावित हुने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया