आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा १२५.८४ प्रतिशतले बढेको छ। संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा २ करोड १४ लाख रुपैयाँ मात्र नाफा थियो। यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ११.३५ प्रतिशतले वृद्धि भई १० करोड ९८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ९ करोड ८६ लाख रुपैयाँ थियो। संस्थाले सम्भावित घाटाका लागि ३ करोड १५ लाख रुपैयाँ छुट्टाएको छ भने रिजर्भमा ३० करोड १४ लाख रुपैयाँ सञ्चित रहेको छ। समीक्षा अवधिमा निक्षेप संकलन १ अर्ब ९ करोड रुपैयाँ र कर्जा प्रवाह १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। खराब कर्जा अनुपात भने घटेर ११.१७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष १५.०८ प्रतिशत थियो। यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ६१.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४२३.२६ रुपैयाँ, कुल सम्पत्तिको मूल्य २,६६५.१६ रुपैयाँ र तरलता अनुपात ९ प्रतिशत कायम भएको छ।

तपाईको प्रतिक्रिया