माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ को नतिजा स्प्यारो एसएमएसमार्फत हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा स्प्यारो एसएमएसले यस वर्ष पनि एसएमएस सेवा उपलब्ध गराउने जनाएको हो ।

बोर्डले एसईई नतिजा छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । वेबसाइटमा अत्यधिक चाप पर्ने सम्भावनालाई ध्यानमा राख्दै ३५००१ सर्टकोडमार्फत मोबाइलबाटै नतिजा हेर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नतिजा हेर्ने तरिका :

  • मोबाइलको मेसेज (SMS) एप खोल्ने
  • SEE <स्पेस> Symbol Number टाइप गर्ने
  • ३५००१ मा पठाउने

यसपछि एसएमएसमार्फत नतिजा प्राप्त गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया