रिलायबल लाइफ इन्स्योरेन्सकोष प्रवर्द्धक र रिलायबल क्यापिटल लिमिटेड  योजना व्यवस्थापक रहेको ‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। यो सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने योजनाको १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

उक्त योजनाको बिक्री आवेदन गत वैशाख २९ गतेदेखि खुला गरिएको थियो भने सुरुमा जेठ १ गतेसम्म आवेदन दिने व्यवस्था भए पनि मागअनुसार आवेदन प्राप्त नभएपछि अवधि जेठ १२ गतेसम्मका लागि बढाइएको थियो। तर यसबीचमा अपेक्षाभन्दा बढी आवेदन प्राप्त भएकाले अन्तिम म्याद अगावै बिक्री बन्द हुन लागेको हो। योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू (आस्वा सदस्य) मार्फत आवेदन दिन सक्नेछन्। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा पनि रिलायबल क्यापिटल लिमिटेड   नै रहेको छ।

तपाईको प्रतिक्रिया