रसुवा हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा भदौ २० गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ४ गते बसेको बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।

कम्पनीका अनुसार सभा भदौ २० गते बिहान ११ बजे काठमाडौंको सामाखुसी–२६ स्थित कम्पनीको कार्यालयमा बस्नेछ। सभामा कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गरी प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, आयोजनामा थप लगानी गर्ने सम्बन्धमा समेत छलफल तथा निर्णय हुनेछ। सभाको कार्यसूचीमा कम्पनीमा रहेको जोडाको शेयर बिक्री तथा शेयर लागत प्रमाणीकरणसम्बन्धी प्रस्ताव पनि समावेश गरिएको छ। त्यस्तै, आयोजनालाई कर्जा प्रदान गर्ने एनआईसी एशिया बैंकसँगको एसएलएअनुसार कर्जा सुविधा लिने सम्बन्धमा समेत सभाबाट निर्णय गरिनेछ।

कम्पनीले कर्पोरेट ग्यारेन्टीसम्बन्धी प्रस्तावसमेत विशेष साधारण सभामा पेश गर्ने जनाएको छ। यसका साथै आयोजनाको कार्यसम्पादन तथा निर्माणसम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा राखिएको छ।

तपाईको प्रतिक्रिया