जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १४ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ। संस्थाको गत साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।

संस्थाका अनुसार सभा मोरङको कटहरीस्थित केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ। सभामा जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पारित गरिनेछ। सभामा तीनवटै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको पुनः समायोजित मूल्यांकन प्रतिवेदनका आधारमा सञ्चालक समितिले आधार नेटवर्थमा पुनः समायोजन गरेको प्रतिशतअनुसार तय गरिएको सेयर आदानप्रदान अनुपातसहितको गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पेश गरिनेछ।

विशेष साधारण सभा प्रयोजनका लागि संस्थाले भदौ ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार भदौ ४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

तपाईको प्रतिक्रिया