सिटिजन्स सुपर ३० म्युचुअल फन्डले इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ। प्रतिफल वितरण प्रयोजनका लागि योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटलले असोज ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।
यसअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाइधनी प्रस्तावित नगद प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।
यसैगरी, विगतका आर्थिक वर्षमा वितरण गरिएको नगद लाभांश लिन बाँकी इकाइधनीलाई आफ्नो डिम्याट खातामा रहेको बैंक खाता अद्यावधिक गर्न र आवश्यक कागजातसहित स्वप्रमाणित विवरण उपलब्ध गराउन सिटिजन्स क्यापिटलले आग्रह गरेको छ।

Online Arthik










