हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको वार्षिक साधारणसभा  कात्तिक १६ गते काठमाडौँको नयाँ बानेश्वर, थापागाउँस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।

कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको १३४औँ बैठकले साधारणसभाको मिति, समय र स्थान तय गरेको हो। सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने कार्यसूची छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरिनेछ।सभामा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेस हुनेछ। यसैगरी, सञ्चालकको पारिश्रमिक घटाइएको विषयमा छलफल गर्ने तथा बाँकी कार्यकालका लागि गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने कार्यसूची छ।कम्पनीले सार्वजनिक गरेको सभाको कार्यसूचीमा लाभांश वितरणसम्बन्धी प्रस्ताव भने उल्लेख गरिएको छैन।साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते सेयरधनी दर्ता किताब बन्द अर्थात् बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असोज २७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरी नामसारीमा आएका सेयरधनीले सभामा भाग लिन र मतदान गर्न पाउनेछन्।सभामा सहभागी हुने सेयरधनीले आफ्नो परिचय खुल्ने प्रमाणका साथै डिम्याट खाताको विवरण वा सेयर प्रमाणपत्र साथमा ल्याउनुपर्नेछ। सेयरधनीको उपस्थिति पुस्तिका बिहान १० बजेदेखि खुला गरिने कम्पनीले जनाएको छ।

आफ्नो प्रतिनिधिमार्फत सभामा सहभागी हुन चाहने सेयरधनीले प्रतिनिधिपत्र अर्थात् प्रोक्सी फाराम सभा हुनुभन्दा कम्तीमा ४८ घण्टाअघि कम्पनीको प्रधान कार्यालयमा बुझाउनुपर्नेछ।

 

तपाईको प्रतिक्रिया