कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिए पनि कुनै आवेदन नपरेपछि बैंकले उक्त शेयर अन्य इच्छुक लगानीकर्ताका लागि बिक्री प्रक्रिया अघि बढाएको हो।

शेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र कुमारी क्यापिटल, नक्साल वा बैंकको प्रधान कार्यालय, टंगालमा पुग्ने गरी आवेदन दिन सक्नेछन्। शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया