बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर ३ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया