नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १८०.४५ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १८०.४६ प्रतिशतले बढेर १८ करोड १८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ६ करोड ४८ लाख रुपैयाँमा सीमित थियो।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि १८४.३० प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ८ करोड ६७ लाख रुपैयाँमा खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर २४ करोड ६५ लाख रुपैयाँ भएको छ।
संस्थाले ६ अर्ब ३४ करोड रुपैयाँ सापटी लिई ९ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ अर्ब ७१ करोड सापटी लिई ५ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार १६५.९५ प्रतिशतले बढेर ६७ करोड ४४ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा २५ करोड ३५ लाख रुपैयाँ थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०६.१८ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) २७.९० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २६०.९४ रुपैयाँ रहेको छ।

Online Arthik










