नेपालमा आज एकैदिन कोरोना भाइरसका ६७१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६७१ संक्रमित थपिएका हुन् । यो अहिलेसम्मकै दैनिक उच्च वृद्धि हो ।