नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १६.९२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ। कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको ६३७औँ बैठकले हकप्रद सेयर निष्कासनमार्फत चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको हो।

कम्पनीले चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउने उद्देश्यले हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ। यसका लागि नेपाल सरकारको हाल कायम ४४.०३९ प्रतिशत सेयर स्वामित्व नघट्ने गरी पुँजी वृद्धि गर्ने सहमति प्राप्त भएको छ। चालु आर्थिक वर्षमा नेपाल सरकारका तर्फबाट १ अर्ब रुपैयाँ सेयर लगानीका लागि प्राप्त हुने पत्रअनुसार उक्त रकमको अनुपातमा १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरिएको हो।

हकप्रद सेयर निष्कासन तथा पुँजी वृद्धि सम्बन्धी प्रस्ताव वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया