नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया