नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २५ अर्ब ७ करोड ४७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले उक्त रकम २०२६ डिसेम्बर ७ देखि २०२७ डिसेम्बर ७ सम्म ३६६ दिनका लागि निक्षेपमा राख्न लागेको हो। निक्षेपको ब्याज भुक्तानी त्रैमासिक रूपमा हुने सूचनामा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार कुल रकममध्ये वाणिज्य बैंकमा २० अर्ब ५ करोड ९८ लाख रुपैयाँ, विकास बैंकमा ३ अर्ब ७६ करोड १२ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १ अर्ब २५ करोड ३७ लाख रुपैयाँ लगानी गरिनेछ। उक्त निक्षेप प्राप्त गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको हुनुपर्नेछ। त्यस्तै, निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम हुनुपर्ने र कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको हुनुपर्नेछ।
राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सिलबन्दी आवेदन फाराम भरी मंसिर ११ गते राति १२ बजेसम्म आवेदन पेस गर्न आग्रह गरेको छ।


Online Arthik










