टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले साधारण शेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले २३ लाख ८५ हजार ९२९ कित्ता अर्थात २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको शेयर निष्कासनका लागि आवेदन दिएको हो।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सोमबार आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको जानकारी दिए।

कम्पनीको जारी पूँजी २ अर्ब २५ करोड रुपैयाँ छ । आईपिओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड पुग्नेछ ।

गत आर्थिक वर्षमा २९ करोड २७ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाभित्रै २८ करोड ३३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाईसकेको छ।

तपाईको प्रतिक्रिया