मंगलबार, २७ श्रावण २०७७
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००/– (अक्षेरेपी एकसय रुपैयाँ मात्र) दरका ३,००,००० कित्ता शेयर बराबर रु. ३,००,००,०००/– (अक्षेरेपी तिन करोड रुपैयाँ मात्र) साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सानोगौचरण, काठमाण्डौमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री रोशनी भारती र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शोभा बज्रचार्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

तपाईको प्रतिक्रिया