भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए । अन्तिम पटक सन् २०१९ को इङ्ल्यान्ड विश्वकपको सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध खेलेका धोनीले शनिबार १६ वर्षे क्रिकेट करियरबाट संन्यास लिएका हुन ।

धोनीले इङ्ल्यान्ड विश्वकपपछि एक दिवसीय क्रिकेटबाट संन्यास लिने बताएका थिए ।

धोनीले शनिबार मात्र सामाजिक सञ्जालमा आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको बताए । त्यसपछि धोनीका समर्थकहरुले आफूहरुले माहिलाई मैदानमा अझै लामो समयसम्म देख्‍न चाहेको बताए । धेरैले उनको संन्यासप्रति दुःख व्यक्त गरे । कतिपयले धोनीको संन्यासले भारतीय क्रिकेटलाई धेरै घाटा पुग्‍ने पनि बताए ।

तपाईको प्रतिक्रिया