श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्सले चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ७. ३७ प्रतिशतका दरले हुन आउने ६ करोड १० लाख ९९ हजार ८७९ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर तथा ३.१६ प्रतिशतका दरले २ करोड ६१ लाख ९७ हजार ५०६ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश आगामी पुस २९ गते हुने फाइनान्सको २६ औँ वार्षिक साधारण सभाले पारित गरी वितरण गरिनेछ। पुस ६ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया