सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको फागुन १६ गते आइतबार बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनश र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण्का गर्ने प्रस्ताव गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ छ । जस अनुसार बैंकले १३ करोड ३ लाख ३२ हजार रुपैयाँ बराबरको बोनस तथा करका लागि ६८ लाख ५९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

तपाईको प्रतिक्रिया