महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ ।

कम्पनीले काठमाण्डौंको लेण्डमार्क होटलमा आयोजित तालिम कार्यक्रममा प्रदेश नं. ३ का सम्पूर्ण शाखा/उपशाखा प्रमुखहरुको उपस्थितिमा कर्मचारीहरुलाई उक्त तालिम दिएको हो ।

संस्थाकी वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले गैह्र कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धीकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिएकी हुन् ।

तालिममा ३ नं. प्रदेशका १५ जना प्रमुखहरुको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ । साथै, बीमा प्रोडक्ट र यसको बिक्रिका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङ्गका तरिकाहरु र ग्रामीण क्षेत्रसम्म पुग्ने बजार रणनीतिका बारेमा दोस्रो चरणको तालिम सञ्चालन हुने कम्पनीले जनाएको छ ।

नायव प्रमुख कार्यकारी अधिकृतद्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ, मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमला र अण्डरराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम रहेको छ ।

कम्पनीले २०७८ आसार मसान्तभित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया