नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (बिहिबार) दोहोरो अंकले बढेको छ । बुधबार नेप्से ३२.४१ अंकले घटेर दुई हजार छ सय ३२ दशमलब २० विन्दुमा थामिएको थियो ।

आज नेप्से १५.८० अंकले बढेर दुई हजार छ सय ४८ दशमलब १ विन्दुमा पुगेको छ भने ५ अर्ब ९१ करोड ५१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका दुई समूह बाहेक अन्यसबै समूह बढेका छन् ।

त्यस्तै, आज ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त वित्तिय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी र नेपाल के्रडिट एण्ड कमर्श बैंक रहेका छन् ।

तपाईको प्रतिक्रिया