
जेठ १३ गतेदेखि लिलामीमा आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा बोलकबोल गर्ने बिहीवार अन्तिम दिन रहेको छ । कम्पनीको १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर जेठ २० सम्म आवेदन दिन सकिने गरी लिलामीमा आएको हो ।
प्रतिशेयर न्यूनतम मूल्य रू. ५५० तोकिएको यो शेयरमा बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।