बुटवल पावर कम्पनी (बिपिसी) ले सञ्चालन गरेका तथा निर्माणधीन चरणमा रहेका जलविद्युत आयोजनाहरु अवस्थित जिल्लाहरु प्यूठान, स्याङ्जा, लमजुङ्ग र मनाङ तथा धुलिखेल अस्पताल काभे्रपलाञ्चोक लाई कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको लागि रु. ५० लाख बराबरको मेडिकल उपकरणहरु तथा आर्थिक सहयोग उपलब्ध गराएको छ । झिमरुक जलविद्युत केन्द्र, प्यूठान जिल्लाको स्थानियवासिन्दाहरुलाई आइसोलेसन सञ्चालनको लागि रु. १,००,००० आर्थिक सहयोग रकमका साथै रु. ६,००,००० बराबरको मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ । त्यस्तै आँधिखोला जलविद्युत केन्द्र, स्याङ्जा जिल्लाको गल्याङ्ग नगर अस्पताललाई रु. ७,००,००० बराबरको मेडिकल उपकरणहरु, न्यादी जलबिद्युत अयोजना रहेको लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाहरुलाई सहयोग स्वरुप रु ७,००,००० बराबरको मेडिकल उपकरणहरु लमजुङ्ग जिल्ला अस्पताल बेसिशहरलाई र रु. २,००,००० बराबरको मेडिकल उपकरणहरु मस्र्याङदी गाउँपालिकालाई समेत उपलब्ध गराएको छ ।

यस कम्पनी र चिनियाँ लगानीकर्ताहरुको संयुक्त लगानीमा मस्र्याङदी नदिमा निर्माण हुने जलविद्युत आयोजना क्षेत्रका स्थानीय बासिन्दाहरुलाई लक्षित गरि मनाङ जिल्ला अस्पतालको लागि
७ लाख बराबरको अस्सिजन सिलिण्डर खरिद गरि मनाङ जिल्ला अस्पताल पठाउने क्रममा अत्यधिक वर्षाको कारणले बाटो अबरुद्द हुँदा लमजुङ्ग जिल्लाको बेशीसहरमा राखिएको छ । बाटो खुलेपछि उक्त सामग्री मनाङ जिल्ला अस्पतालमा पठाउने व्यवस्था मिलाइएको कम्पनीले जानकारी गराएको छ ।

यस कम्पनी आबद्ध संस्था Independent Power Producers’ Association Nepal (IPPAN) मार्फत ५,११,१११ रुपैंया समेत कोभिड—१९ रोकथामतथा नियन्त्रण कार्यका लागि सहयोग गरिएको छ ।

धुलिखेल अस्पताललाई कोभिड—१९ रोकथाम, नियन्त्रण तथाउपचारको लागि आवश्यक पर्ने उपकरणहरु खरिद गर्न लागि यस कम्पनीका संञ्चालक श्री ओम प्रकाश श्रेष्ठले धुलिखेल अस्पतालका प्रशासकिय निर्देशक डा. रमेश मकाजुलाई असार ३० गते रु. १५,००,००० को चेक समेत हस्तान्तरण गर्नु भयो । यी कार्यहरुले कोभिड रोकथामका निमित्त केही मात्रामा भएपनि सहयोग पुग्ने कम्पनीले अपेक्षा राखेको छ ।

तपाईको प्रतिक्रिया